पोखरामा मार्च १६ र १७ मा सार्कको परिषद बैठक

भारत र पाकिस्तानबीच वार्ता हुने !

i+p

१ चैत, काठमाडौं । पोखरामा मार्च १६ र १७ मा दक्षिण एशियाली सहयोग संगठन (सार्क) को परिषद बैठक हुँदैछ। सो बैठकमा भाग लिन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सुष्मा स्वराज आउँदैछिन् भने पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजीज पनि आउँदैछन् ।
भारतीय इण्डियन मिडियाका अनुसार भारत र पाकिस्तानबीच पर्यटकीय नगरी पोखरामा १७ मार्चमा वार्ता हुनेछ । दुई देशबीच तिक्तता बढेको अवस्थामा यो वार्ताको तयारी भएको भारतीय मिडियाहरुले उल्लेख गरे पनि भारतीय सत्ता पक्षले वार्ताको आधिकारिक पुष्टि गरेको छैन ।
नेपाल, भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान, बंगलादेश र अफगानिस्तान सदस्य राष्ट्र रहेको सार्कको इन्टर समिट सेसन पोखरामा आजदेखि सुरु भएको छ। समिटको अन्तिम दिन विदेशमन्त्री स्तरीय बैठक हुनेछ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत