एमालेप्रति वफादार मल्ल सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएकामा देउवाको आपत्ति

२ चैत, काठमाडौं । एमालेबाट सांसद् भइसकेकी सपना मल्ल प्रधानको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएकामा  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।

बुढानिलकण्ठस्थित निवासमा मंगलबार प्रेस युनियनको टोलीसँगको भेटमा देउवाले एमाले पार्टीप्रति वफादार व्यक्तिलाई न्यायाधीश नियुक्त गरेर निष्पक्ष न्यायको कल्पना गर्न नसकिने उनले बताए ।

न्यायपरिषद्ले फागुन १९ गते सर्वोच्च अदालतमा प्रधानसहित ११ जनालाई न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत