भारतकै इशारामा १७ दिनमा संबिधान संशोधन : उपप्रधानमन्त्री के.सी

Chitra-Bahadur-KC२ चैत, भक्तपुर । उपप्रधानमन्त्री तथा गरिबी निवारण मन्त्री चित्रबहादुर के.सीले रफत सञ्चार क्लबले भक्तपुरमा मंगलबार गरेको साक्षात्कारमा बोल्दै भारतकै इशारामा १७ दिनमा संबिधान संशोधन गर्नुले पनि नेपाल पूर्ण स्वतन्त्र नरहेको बताए ।
साक्षात्कारमा के.सीले संघीयता नेपालीको चाहना नभएर बिदेशीले थोपरेको बिषय भएकाले, संघीयता कसरी नेपालमा आयो र कसले नेपालमा संघीयताको बिषयलाई प्रयोगको थलो बनाइ रहेको छ भन्नेबारे नेपाली जनता प्रष्ट भइसकेको दावी गरे ।

मन्त्री केसीले नेपालका हरेक सरकार निर्माणमा भारतकै प्रभाब रहने गरेकोमा यो सरकार उसको इच्छा विपरित निर्माण भएकाले सरकार परिवर्तन हुँदा नौलो मान्नुपर्ने अवस्था नरहेको भन्दै काँग्रेसले आफ्नो महाधिबेशनमा नाकाबन्दीका बारेमा कुनै उल्लेख नगर्नुले समेत सरकार परिवर्तनको सम्भावना बढेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत