माओवादी झुण्डका शीर्ष नेतागणले यसकारण प्रधानमन्त्री ओलीलाई संयुक्त भेट् गरे

वेव तस्बिर ।

वेव तस्बिर ।

५ चैत, काठमाडौं । द्वन्द्वकाल्लीन मुद्दाहरु नियमित अदालतले ब्यूँताएको विरोधमा एमाओवादी अध्यक्ष प्रचण्ड, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, (नेकपा माओवादी)का संयोजक मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा साथै नयाँ शक्तिका हिसिला यमीलगायतका नेताहरु शुक्रबार प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

ओखलढुंगा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीविरुद्ध पूर्व सभासद केशव राईले दायर गरेको रिट सर्वाेच्चले मंगलबार खारेज गरेपछि माओवादी झुण्डका नेताहरुले सामुहिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सशस्त्र द्वन्द्वकालीन मुद्दाहरु सत्य–निरुपण र बेपत्ता छानबिन आयोगले हेर्ने व्यवस्था गर्न माग गरेका हुन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले आवश्यक परे ऐन संशोधन गरेर भएपनि द्वन्द्वकालीन मुद्दाहरु आयोगले मात्र हेर्ने व्यवस्था गर्नु पर्ने बताए ।

सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेका माओवादी झुण्डका संयुक्त नेतागणलाई प्रधानमन्त्री ओलीले राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गरिने र विस्तृत शान्ति सम्झौताको मर्मअनुसार नै अगाडि बढ्न सरकार तयार रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत