प्रधानमन्त्री चीन भ्रमणमा जानु अघि मधेसी मोर्चाकाे बिरोध प्रदर्शन

madheshi

६ चैत, काठमाडौं । मधेसी मोर्चा आवद्ध १५ दलीय संघीय गठबन्धनले शनिबार कालो झन्डा लिएर रत्नपार्क, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघरसम्म प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने अघिल्लो दिन बिरोध प्रदर्शन गरिएको गठबन्धनले जनाएकाे छ  । जुलुसको अगुवाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा पुगेका बेला मोर्चा सम्वद्ध कार्यकर्ताहरुले दिल्लीमा पनि बिरोध प्रदर्शन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत