नेपाल र चीनबीच रेल विस्तार र इन्धन आयात बारे सैद्धान्तिक सहमति, बुधबार संयुक्त विज्ञप्ति जारी गर्ने

८ चैत,

काठमाडौं । नेपाल र चीनबीच सोमबार १० वटा सम्झौता भए । जसमा पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका सम्झौताहरु भएका छन् ।

बेइजिङमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार नेपालका प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री लि खछ्याङबीच रेल विस्तार र इन्धन आयात बारे सोमबार सैद्धान्तिक सहमति भएको छ । यो विषयमा बुधबार सम्झौता हुने र संयुक्त विज्ञप्ति जारी गर्ने तयारी छ । यससम्बन्धी विस्तृत विवरण दुई देशबीच जारी हुने संयुक्त विज्ञप्तिमा उल्लेख हुनेछ ।

नेपालले भारतबाट आयात हुने इन्धनको कम्तिमा ३० प्रतिशत इन्धन चीनबाट ल्याउने गरि दुई देशबीच सम्झौता हुन लागेको बताइएको छ ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत