नेपाल र चीनबीच १० बुँदे सम्झौता हस्ताक्षर

८ चैत, बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र चीनबीच १० बुँदे सम्झौतामा सम्वन्धित अधिकारीहरुले हस्ताक्षर गरेका छन् ।

जसमा पारवहन सम्झौता, पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता, हिल्सा सडक एवं सुख्खा बन्दरगाह निर्माण सम्वन्धी सम्झौता भएको छ । यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन् । यस्तै चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत