खुला सीमा, जनस्तरको सम्बन्धका कारण नेपाल र भारतको सम्बन्ध विशेष – स्वरुप

तस्बिर: लोकदस्ता

तस्बिर: लोकदस्ता

९ चैत, काठमाडौं । मंगलबार भारतको विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले खुला सीमा, जनस्तरको सम्बन्ध लगायतका कारण नेपाल र भारतको सम्बन्ध विशेष रहेको बताए ।

‘नेपालले चीनसँग गरेको समझदारी र चीनसँग बढ्दो नेपालको सम्बन्ध भारतका लागि चुनौती हो ?’ एक पत्रकारको प्रश्नमा प्रवक्ता स्वरुपले नेपालसँगको कनेक्टिभिटीको तथ्यांक नै प्रस्तुत गरे । उनले २६ वटा आवागमन र १० वटा व्यापारिक प्रयोजनका नाकाहरु रहेको भन्दै वीरगञ्ज–रक्सौल र विराटनगर–जोगवनीमा संयुक्त भन्सार रहेको बताए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण रहेकै बेला चीन र नेपाल बिच पारवहनसहित १० वटा सम्झौता भएको छ । यसै प्रसङ्गलाई जोडेर प्रवक्ता स्वरुपले नेपालको दुई तिहाई अन्तर्राष्ट्रिय ब्यापार भारतसँग रहेको र तेस्रो मुलुकबाट हुने निर्यात ९० प्रतिशत भारतबाटै हुने गरेको बताए । उनले नेपाल भूपरिवेष्ठित देश भएकाले कुनै पनि विकल्प रोज्न सक्ने बताए पनि नेपालसँग भारतको सम्बन्धको आफ्नै विशेषता रहेको बताए ।

प्रवक्ता स्वरुपले ‘केही समयअघि मात्र भारत भ्रमणमा आएका प्रधानमन्त्री केपी ओलीले के अपेक्षा गरेका थिए, त्यो भ्रमणबाट ? भन्ने रेकर्डमा रहेको छ’ भनेर घुमाउरो पाराले नेपाल र चीन बिच सम्झौता भए पनि त्यो सम्झौताले खासै अर्थ नराख्ने विचार व्यक्त गरेको थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत