होलीमा नियम उल्लंघन गर्ने विरुद् कारबाही, काठमाडौंका ५३ स्थानमा चेक प्वाइन्ट

holy
९ चैत, काठमाडौं । प्रहरी र ट्राफिक प्रहरीले होलीको नाममा ट्राफिक नियम उल्लंघन गर्ने र लोला हान्ने विरुद् काठमाडौंका ५३ स्थानमा चेक प्वाइन्ट राखेर कारबाही जारी राखेको छ ।
20160322_101248
प्रहरीका अनुसार महिला र पुरुष गरी तीन दर्जन बढीलाई पक्राउ गरेको छ भने १ सय ५५ सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको छ ।

विशेष गरी तीनजना चढेका मोटरसाइकल, साइलेन्सर नै विगारेर चर्को आवाजमा मोटरसाइकल चलाउने चालक, गाडीमा क्षमताभन्दा बढी यात्रु बोक्नेहरू तथा केहि मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेहरु कारबाहीमा परेका छन् ।

sima

प्रहरीले इच्छाविपरित रंग, लोला हान्नेहरुलाई सार्बजनिक अपराधको मुद्धा चलाउने बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत