प्रधानमन्त्री ओलीले माओकोे पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे

वेब तस्बिर

वेब तस्बिर

 

१० चैत्र, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बेइजिङ्गस्थित तियानमेन स्क्वायरमा राखिएको माओत्सेतुङ्गकोे पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार प्रमोद दाहालकाअनुसार त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ शहिदहरुको स्मारकमा पुष्पगुच्छा चढाएका थिए । ओली तियानमेन स्क्वायर पुग्दा उनको सम्मानमा राष्ट्रिय धुुन बजाइएको  थियो । प्रधानमन्त्री ओलीले भोलि हाइनानमा एसियाको नयाँ भविष्य, नयाँ आयाम र नयाँ दृष्टिकोण विषयमा बोआओ मञ्चलाई सम्बोधन गर्ने छन् ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत