एसियाको समग्र विकास र उत्थानमा सबैको साथ र सहयोग जरुरी – प्रधानमन्त्री ओली

११ चैत, काठमाडौँ ।

वेब तस्बिर ।

वेब तस्बिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोआओ फोरमलाई आज सम्बोधन गर्दै विश्व अर्थतन्त्रको नेतृत्वकर्ताको रुपमा उदय भइरहेको एसिया एक्काइसौं शताब्दीको परिवर्तित विश्व संरचनाको केन्द्रभागमा आइपुगेको बताए ।

प्रधानमन्त्री ओलीले सामूहिक प्रयत्न र सहयोगका अवसरहरुको खोजीले मात्रै ज्ञानको स्वतन्त्र प्रवाह, निर्वाध व्यापार र सबैले जित्ने अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्दै एसियाले तय गर्ने दूरदृष्टि समावेसी हुनुपर्ने बताए ।

शान्ति र गरिबी सँगसँगै जान नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एसिया निःसन्देह विश्व अर्थतन्त्रको ‘शक्तिकेन्द्र’का रुपमा उदय भइरहेको बताउँदै एसियाको समग्र विकास र उत्थानमा सबैको साथ र सहयोग जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले जननिर्वाचित संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएपछि मित्रराष्ट्रहरुबाट स्वागत गरिएकामा आभार व्यक्त समेत गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत