क्रान्ति गर्दा खतरा हुने र गद्दारी गर्दा सुरक्षित हाेइन्छ त ? – थपलिया

Khem११ चैत, काठमाडौं । बेला–बेलामा प्रचण्डले भन्ने गरेका छन् कि यदि हामीले माओवादी पार्टीलाई यो संसदीय बाटो नल्याएको भए जनयुद्ध कि फिलिपिन्सको जस्तो हुन्थ्यो, कि पेरु जस्तो हुन्थ्यो या इन्डोनेसिया हुन्थ्यो । यसको अर्थ हो या प्रचण्डहरू भागेर दिल्लीमै भूमिगत बस्नुपर्ने हुन्थ्यो या गोञ्जालो जस्तो जेल बस्नुपर्ने हुन्थ्यो या एडिट जस्तो मारिनुपर्दथ्यो ।

प्रचण्डका तर्कले स्वाभाविक रूपमा यी प्रश्न उठाएका छन् कि उसो भए बलिदानको त्रासले गद्दारी गरेर जनतालाई धोका दिएर मोजमस्ती गर्दै यल्तसिन, टिटो, चाउचेस्कु जस्तो हुनु ठीक हो त ? क्रान्ति गर्दा खतरा हुने र गद्दारी गर्दा सुरक्षित हाेइन्छ त ?

प्रचण्डका यी भनाइ सम्झँदै गर्दा माओको यी भनाइ विशेष मननीय हुन आउँछ – “हामीले सजिलैसित सौभाग्यपूर्वक नै, कठोर र चर्को संघर्षबिना आफ्नो रगत पसिना नबगार्इकन सजिलैसित विजय प्राप्त गर्न सकिनेछ भन्ने विचारलाई सम्पूर्ण कमरेडहरूको दिमागबाट निकालिदिनुपर्छ।” खेम थपलियाको फेसबुकबाट ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत