कनकमणि अख्तियारको कारबाहीमा

१४ चैत, काठमाडौं । वार्षिक सम्पत्ति विवरण नबुझाएको भन्दै साझा यातायातका पदाधिकारी र कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेको छ ।

kanak

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार साझाका अध्यक्ष कनकमणि दीक्षितसहित पाँच जना, साझा यातायात सञ्चालक समितिका तीन जना, कार्यकारी अधिकृतसहित १९ जनालाई कारबाही गरिएको हो । साझा यातायातमा नेपाल सरकारको ७१.८२ प्रतिशत सेयर रहेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५० र आयोगको ऐन, २०४८ बमोजिम सम्पत्ति विवरण नबुझाउने साझाका पदाधिकारी र कर्मचारीलाई जरिवाना गरिएको प्रवक्ता पुस्करको भनाइ छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत