इजिप्ट एयरको विमान अपहरणकारी सइफ इलदिन मुस्तफा : साइप्रस विदेश मन्त्रालय

वेब तस्बिर

वेब तस्बिर

१६ चैत, काठमाडौं । साइप्रसको विदेश मन्त्रालयले इजिप्ट एयरको विमान अपहरणकारीको नाम सार्वजनिक गरेको छ ।  उसले अपहरणकारी सइफ इलदिन मुस्तफा भएको बताएको छ ।

यसअघि अपहरणकारीको नाम इब्राहिम सामाहा भनिएको थियो । तर, विमानमा अझै चालक दलका सदस्य र तीन विदेशी छन् । र, अपहरणकारीको मागबारे फरक फरक रिपोर्ट आएको छ ।

अलेक्जेन्ड्रियाबाट कायरोका लागि उडेको इजिप्ट एयरलाइन्सको विमानमा रहेका हतियारधारीले नै विमानलाई अपहरण गरेर साइप्रसमा अवतरण गराएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत