आयल निगमका कार्यकारी निर्देशक खड्का कठघरामा ?

वेब तस्बिर

वेब तस्बिर

१६ चैत, काठमाडौं । सत्ता साझेदार दलका युवा नेता, पत्रकार, ग्यास व्यवसायी, कलाकार र उपभोक्ता अधिकारवादी पनि सहभागी कार्यक्रममा सहभागीहरुले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति सहज नतुल्याए परिणाम नराम्रो हुने चेतावनी दिए ।

एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रममा अतिथि बनेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई अनेरास्ववियु प्रवक्ता आरसी लामिछानेले खड्कालाई सार्बजनिक स्थानमा राखेर इन्धन आपूर्ति सहज बनाउन दबाव दिइएको भन्दै उनलाई कार्यक्रमको अतिथि नबनाएर कठघरामा उभ्याइएको दाबी गरे ।

निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले अनुचित कार्य गरेको भन्दै अनेरास्ववियुले यसअघि नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गर्न माग गर्दै अख्तियारमा उजुरी गरेको थियो । तर, मंगलबार त्यही विद्यार्थी संगठनले खड्कालाई अतिथि बनाएर सडक बहस कार्यक्रम आयोजना गरेको ग¥यो भने खड्काले सडक बहस कार्यक्रमलाई स्पष्टिकरण दिने अवसरको रुपमा प्रयोग गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत