प्रचण्डको मानिसलाई आवेगमा ल्याउने र ध्वंशमा लैजाने क्षमता काम छैन् – बाबुराम

Baburam१६ चैत, बाँके । कोहलपुरमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाओवादी अध्यक्ष प्रचण्डमा मानिसलाई आवेगमा ल्याउने र ध्वंशमा लैजान सक्ने क्षमता भएको तर उनको त्यो क्षमता काम नलाग्ने अबस्थामा पुगेको दाबी गरे ।

डा.भट्टराईले नयाँ नेपाल आवेग र कसैसँग पौठेजोरी खोजेर नबन्ने बताउँदै त्यसका लागि बिवेक र विज्ञानको ज्ञानको आवश्यकता पर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले आर्थिक रुपले सम्पन्न र गरिबी मुक्त देश बनाएर मर्ने इच्छा व्यक्त पनि गरे । उनले नयाँ शक्ति सरकारमा गए १० वर्षभित्र गिरिबी तथा बेरोजगारी अन्त्य गर्ने र ३० वर्षभित्र नेपाललाई धनी राष्ट्रमा गनिने देश बनाउने घोषणा समेत गरे ।

भट्टराईले संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सम्वृद्धिको आन्दोलनको सुरुवात भएको बताए । उनले विकास र सम्बृद्धिको लागि राजनीतिक स्थिरताको खाँचो रहेको त्यसैका लागि नयाँ शक्ति नेपाल गठन गरेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत