गोली चलाएको आरोपमा पूर्वमाननीय यादव पक्राउ

१७ चैत, काठमाडौं । धनुषाको सबैलास्थित मदन आश्रति निमावि विद्यालय व्यवस्थापन समितिको चुनावमा गोली चलाएको आरोपमा एमालेका पूर्वमाननीय योगनारायण यादव पक्राउ परेका छन् ।

yog-Narayan
केही समय अघि विद्यालय व्यवस्थापन समितिको चुनावका क्रममा भएको झडपमा गोली चल्दा रामसेवक राउतको मृत्यु भएको थियो । उक्त हत्याकाण्डमा यादवसहितको नाममा जिल्ला अदालत धनुषाले वारेन्ट जारी गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत