उद्योगमन्त्री पाण्डे पाल्पाका कानुन व्यवसायी काठमाडौंका मतदाता बनेपछि

Bar 3२० चैत, काठमाडौं । नेपाल बार एसोसिएनको निर्वाचन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पहिलो भोट हालेसँगै सुरु भएको छ । पाल्पामा कानुन व्यवसाय गर्दै आएका उद्योगमन्त्री पाण्डे पाल्पाबाट स्थानान्तरण गर्दै काठमाडौंका मतदाता बनेका हुन् ।

अधिवक्ता विजयकान्त मैनालीले बृहत् प्रगतिशील, पेसागत, राष्ट्रवादी तथा गणतान्त्रिक कानुन व्यवसायी समूहको  नेतृत्व गरेका छन् । मैनाली नेतृत्वको प्यानलमा एमाले, एमाओवादी, मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक), राप्रपा नेपाल, राप्रपा, वैद्य र विप्लव नेतृत्वको माओवादी निकट कानुन व्यवसायी छन् ।

यसैगरी कांग्रेसनिकट कानुन व्यवसायी प्यानलका उम्मेदवार शेरबहादुर केसी छन् । केसी समूहमा कांंग्रेस निकट कानुन व्यवसायी मात्रै छन् ।

समावेशी समूहका तर्फबाट मनोहर साह र नेमकिपानिकट समूहका तर्फबाट सध्यक्षका उम्मेदवार रामप्रसाद प्रजापति चुनावी मैदानमा छन् ।

bar 4

बारका उपाध्यक्ष टिकाराम भट्टराईका अनुसार अध्यक्षमा चार, पूर्वाञ्चल उपाध्यक्षमा दुई, मध्यमाञ्चल उपाध्यक्ष (काठमाडौं उपत्यका बाहेक) दुई , मध्यमाञ्चल ( काठमाडौं उपत्यका) मा चार, पश्चिमाञ्चल उपाध्यक्षमा तीन, मध्यपश्चिमाञ्चल उपाध्यक्षमा दुई र सुदुरपश्चिमाञ्चल उपाध्यक्षमा दुई र महिला उपाध्यक्षमा दुईजना चुनावी मैदानमा छन् ।

महासचिव पदका लागि दुई स्वतन्नत्रसहीत ६ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा चारजना प्रतिस्पर्धामा उत्रिएका छन् । यसैगरी, कार्यसमितिका १५ सदस्य पदका लािग ४० जना मेदानमा उत्रिँदै छन् ।

देशभरका ९ हजार बढी मतदाता रहेको नेपाल बारको निर्वाचनमा ३३ निर्वाचन केन्द्रमार्फत एकसाथ हुँदै छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत