ओलीले बनाए कम्युनिष्ट न्यूक्लियस

 २० चैत, दाङ । एमाओवादीका छाडेका Hemanta-oliहेमन्त प्रकाश ओलीले शनिबार पत्रकार सम्मेलन गरेर नयाँ पार्टी “कम्युनिष्ट न्यूक्लियस नेपाल”को घोषणा गरेका छन् । घोराहीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ओलीले एमाओवादीले क्रान्तिको कार्यभार पुरा नगरेकाले नयाँ पार्टी बनाउनु परेको बताएका छन् ।
ओली आफैं संयोजक रहेको न्यूक्लिएसको केन्द्रीय समितिमा विकास शर्मा (पश्चिमाञ्चल), डा. ऋषिराज बराल (पुर्वाञ्चल), रमेश पुन (मध्यपश्चिमाञ्चल), विमर्श शर्मा (सुदूरपश्चिमाञ्चल), शेरकुमार खड्का गति (मध्यपश्चिमाञ्चल), मनप्रसाद श्रेष्ठ शिशिर (मध्यपश्चिमाञ्चल), तिर्थ वली (मध्यपश्चिमाञ्चल), धनबहादुर वली सौरभ छन् ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत