डाक्टर’साब भैतारिए, बैद्य पनि हुनु हुन्न, जनयुद्ध लडेर आएको भनेर घमण्ड नगर्नु – दाहाल

२४ चैत्र, काठमाडौं ।
वेब तस्बिर

वेब तस्बिर

अखिल नेपाल महिला संघ क्रान्तिकारीको बुधबारबाट राजधानीमा सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अब पार्टीमा कुनै पनि गुट स्वीकार्य नहुने बताए ।

एमाओवादी अध्यक्ष दाहालले जनयुद्ध लडेर आएको भन्दैमा कोही पनि नेता–कार्यकर्ताको मूल्याङ्कन नगरिने बताए । उनले अब पूर्व समूहका भनेर नाम नलिइने बताउँदै पूर्व समूहको भनेर ब्याज खाने साथै जनयुद्ध लडेर आएको भनेर घमण्ड नगर्न समेत आग्रह गरे ।

उनले देशको भविश्य अझै सुनिश्चित भई नसकेको बताउँदै संविधान बनेपनि कार्यान्वयनमा थुप्रै चुनौती रहेको बताए । सम्बोधनका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय स्वाधिनताको लागि कुनै पनि बेला सशक्त संघर्ष गर्नु पर्ने समय आउन सक्ने भन्दै लड्न तयार भएर बस्न सुझाए ।

उनले वामपन्थीहरुको बृहत मोर्चा बनाउनु पर्ने र सबै दलहरु एकतावद्ध हुनु पर्नेमा जोड दिदै सबै माओवादीहरु बिग्रिएको स्वीकार गर्दै भने– ‘जनयुद्धका बैद्य पनि हुनु हुन्न र डाक्टर हुनु हुन्न । अरुलाई उपचार गर्नु पर्ने डाक्टर’साब आफैं भैतारिएर जानु भएको छ ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत