भारतीय राजदूत रेले सिँचाइमन्त्री यादवलाई चेक हस्तान्तरण गरे

२५ चैत, काठमाडौं ।

Ranjit ray- Umesh Yadavभारतीय राजदूत रञ्जित रेले बुधबार सिँचाइ मन्त्रालय पुगेर सिँचाइमन्त्री उमेश यादवलाई नदी नियन्त्रणका लागि ३८ करोड ६२ लाख रुपैयाँ चेक हस्तान्तरण गरेका छन् ।

भारतले बागमती, लालबकैया र कमला नदीका कारण हुने डुबान तथा कटानको समस्या समाधानका लागि नेपाललाई अनुदान सहयोग दिएको हो ।

सिँचाइमन्त्री उमेश यादवले भारतीय सहयोगले तटबन्ध निर्माणमा सहयोग पुग्ने भन्दै अपुग हुने रकम नेपालले व्यवस्था गर्ने बताए ।
भारतीय राजदूत रञ्जित रेले नदीका कारण दुवै देशका जनताले डुबान तथा कटानको समस्या झेल्नु नपरोस् भनेर भारत सचेत रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत