लाज पचेकाहरु अरु कस्को मन्त्री हुने इच्छा छ ? लौ त अरु को चै सक्षम छ, हेरुँ हामी पनि – पुन

२५ चैत, काठमाडौं । एनेकपा माओवादी भित्र मन्त्रीको कार्यशैलीलाई लिएर गृहमन्त्री शक्तिबहादुर बस्नेत र आपूर्ति मन्त्री गणेशमान पुनको व्यापक आलोचना भएपछि एनेकपा माओवादीले गृह र आपूर्ति मन्त्रीलाई फिर्ता बोलाउने कि उनीहरुलाई सच्चिएर अघि बढ्न निर्देशन दिने भन्ने बहस चलिरहेकै बेला सोही पार्टीका भक्तपुर जिल्ला कमिटी सम्बद्ध एक नेताले मन्त्रीद्वयलाई फिर्ता बोलाउने प्रक्रियाको बिरोध गरेका छन् ।

Ananda-Pun

आनन्द पुन

भक्तपुर जिल्ला कमिटीमा आवद्ध आनन्द पुनले हात–खुट्टा बाँधेर राख्ने अनि दौडिएन भन्ने ? त्यसकारण केही गरेन भनेर आलोचना गर्नु अघि पार्टी नेतृत्वले सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई काम गर्ने बातावरण बनाउनु पर्ने भन्दै नेतृत्वको कडा आचोलना गरे ।

नेता पुनले हाकाहाकीसँगको कुराकानीका क्रममा एमाओवादी भित्र अहिले पनि गुट, उपगुट जीवितै रहेको उजागर गर्दै मन्त्री पद पाउनका लागि केही नेताहरु जन्मदेखिको तागत लगाएर पार्टीमा हल्ला गरिरहेका बताए ।

‘मुलुक‬ हसाउने पृत रुवाउने’ बस्नेत जीलाई हटाएर शर्मा जी आउने रे ! बस्नेत र पुन दुबै आफैँमा कलियुगका हनुमान हुन र मिराकल गरेर मन्त्रालय चलाउने’ भन्दै आनन्द पुनले आफ्नो फेसबुकमा पेजमा लेखेका छन्–‘उनीहरुलाई पार्टीले स्पष्ट प्लान दिनु प¥यो नि ! चौतर्फी हात–खुट्टा बाँधेर राख्ने अनि केही गर्न सकेनन भन्ने !’

एमाओवादीमा पार्टी र नेताहरु आफ्नो विवेकले नचलेको तर्फ इंकित गर्दै पुनले भनेका छन्– ‘लाज पचेकाहरु अरु कस्को मन्त्री हुने इच्छा छ ? त्यहीअनुसार चाल चल्नलाई होला । लौ त अरु को चै सक्षम छ,  हेरुँ हामी पनि !’

उनले एमाओवादी पार्टीमा पद, पैसा  र प्रतिष्ठका लागि एक–अर्कालाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै ‘न आफु गर्छन, न अरुलाई गर्न दिन्छन ।’ भनेर मन्त्री परिवर्तनको कुरामा आफ्नो असहमति व्यक्त गरेका छन् ।

गृहमन्त्री शक्ति बस्नेतले भूकम्प पीडितका लागि चीन घुम्न आएको कोटामा आफन्त र नातागोता पठाएपछि तीब्र आलोचना भएको थियो भने आपूर्ति मन्त्री गणेशमान पुनमाथि नाकाबन्दीका बेला कालाबजारी रोकथाम गर्न नसकेको भन्दै कडा आलोचना भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत