काठमाडौं उपत्यकामा घोडेजात्रा : चितवनमा विक्रम बाबा मेला

२५ चैत, काठमाडौं ।

Hourse

बिहीबार चैत कृष्ण औंसीको अवसरमा काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइँदै छ । किंवदन्ती अनुसार उपत्यकाको मानव बस्तीमा राक्षसले विभिन्न दुःख दिने र बालबालिका खाइदिने गरेको थियो, र उक्त राक्षसलाई घोडाको टापले कुल्चिएर मारिए पछि सोही उपलक्ष्यमा घोडजात्रा मनाइएको पाइन्छ ।

अर्कोतिर प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर नयाँ वर्षलाई स्वागत गरिने प्रचलन पनि रहिआएको छ ।

यस दिन नेपाली सेनाले काठमाडौँको टुडिखेलमा घोडेजात्राको आयोजना गर्दछ ।

चितवनमा विक्रम बाबा मेला सुरु

चितवन राष्ट्रिय निकुञ्ज मुख्यालयमा हरेक वर्ष चैते दशैंको अवसरमा लाग्ने विक्रम बाबा मेला सुरु भएको छ ।

Bikarama-baba

आजदेखि सुरु भएको मेलामा बिहानैदेखि दर्शनार्थीको उल्लेख्य सहभागिता रहेको छ । साथै,  भक्तजनहरुलाई राप्ती नदीमा डुङ्गाको समेत ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

विशेषतः थारु समुदायले पुजा गर्ने भए पनि पछिल्लो समय अन्य जातजातिहरुको पनि उल्लेख्य सहभागिता रहेको यो मेला १५ दिन सम्म चल्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत