नामिबियाले आएसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाली टोलीलाई पाठै पढाउने

२६ चैत, काठमाडौं । नाविमियासँग हुने आएसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपालको घरेलु मैदानमा हुने भएको छ । नामिबिया क्रिकेट एशोसिएसनले औपचारिक कार्यक्रम गरेर नेपालसँग खेल्ने टोलीको औपचारिक विदाइ गरिसकेको छ । त्यही कार्यक्रममा नामिबिया क्रिकेटका सीइओ डा. डोनोभान जिल्याण्डले कडा भाषण गरेका छन् ।
द नामिबियाका अनुसार जिल्याण्डले नामिबियाले काठमाडौंमा गएर घरेलु नेपाली टोलीलाई जित्ने मात्र नभई पाठै पढाउने दाबी गरेको भाषण सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साथै, उसले नेपाल अफगानिस्तान जति बलियो नभएको बताउँदै कीर्तिपुरमा हुने खेल हेर्न आउने २५ हजार बढी दर्शक र उनीहरुको कट्टर समर्थनका बीच नेपाललाई हराउन सजिलो भने नरहने बताएको छ ।
नेपाल आउनु अघि नामिबियाले इन्टरकन्टिनेन्टल कपमा अफगानिस्तानसँग चार दिवसीय क्रिकेट खेल्नेछ ।
नेपाल क्रिकेट संघमा आधिकारीक व्यवस्थान समिति नभएपछि आइसीसीले खेलको जिम्मा दिन आनाकानी गरिरहेको थियो । क्यान विवाद र मैदानको स्तरोन्नतिका कारण गएको नोभेम्बरमा नेपालले पपुवा न्यूगिनीविरुद्धको खेल युएई गएर खेलेको थियो । सन् २०१७ सम्म सञ्चालन हुने च्याम्पियनसिपका ७ मध्ये तीन राष्ट्रविरुद्धका ६ खेल नेपालले घरेलु मैदानमा खेल्न पाउने आइसीसी कार्यतालिका थियो । तर, व्यवस्थापन विवादले लथालिङ्ग भएको नेपाली क्रिकेट टोली खेलिरहेको लिगको अंक तालिकमा पुछारमा रहेको छ ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत