बार एसोसिएशनको २५ सदस्यीय कार्य समितिमा २० पद लोकतान्त्रिकको पोल्टामा

Bar२६ चैत, काठमाडौं । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्य समितिका लागि भएको नेपाल बार एसोसिएशनको निर्वाचन मत परिणामले लोकतान्त्रिक समूहबाट अध्यक्ष शेरबहादुर केसीसहित २० जना विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित शेरबहादुर केसीले प्रतिद्वन्द्वी विजयकान्त मैनालीलाई १ सय ८३ मतले पछि पार्दै पराजित गरे । केसीले ३ हजार७ सय ९८ मत पाए । प्रतिद्वन्द्वी मैनालीले ३ हजार ६ सय १५ मत पाएका छन् । अर्का प्रतिद्वन्द्वी मनोहर साहले २०७ र रामप्रसाद प्रजापतिले ५५ मत पाए ।

मध्यपश्चिम र सदुरपश्चिमको उपाध्यक्ष, महिला उपाध्यक्ष तथा दुई सदस्यमा प्रगतिशीलका उम्मेदवारले हात पारे पनि महासचिव पदमा लोकतान्त्रिक समूहका खम्मबहादुर खाती विजयी भएका छन् ।

नेपाल बार एसोसिएशनको मतदानमा ७ हजार ८ सय ४५ मत खसेको थियो भने २५ सदस्यीय नयाँ कार्य समितिका लागि ७१ जना प्रतिस्स्पर्धामा थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत