प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस

२८ चैत, काठमाडौं । सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीश सुशीला कार्कीलाई संवैधानिक परिषदको आइतबार साँझ बसेको बैठकले प्रधानन्यायाधीशमा नाम सिफारिस गरेको छ ।
स्रोतका अनुसार बिरामी भएका कारण सभामुख ओनसरी घर्ती बैठकमा उपस्थित भइनन् । यद्यपि, कार्कीको नाम सिफारिसमा सभामुख घर्तीको सहमति रहेको छ ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै छन् ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत