बैशाख १ गते ओली, दाहाल र देउवा एउटै मञ्चमा उभिने

Prachanda-Kp-Deuba

२९ चैत, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ वर्षको सुरुवातमै एउटै मञ्चमा उभिने भएका छन् ।

नयाँ बर्षको दिन बैशाख १ गते तीन दलका शीर्षनेता देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यासका निम्ति पोखरा जाने भएका हुन् ।

तीन दलका शीर्षनेता नयाँ वर्षको सुरुआतमै एकै मञ्चमा उभिएर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन एकताबद्ध हुने भएपछि प्रमुख दलहरुबीच राष्ट्रिय सहमति हुने अपेक्षा गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत