मधेसलाई हेर्ने दृष्टिकोण परिवर्तन नभए अप्ठ्यारो पर्ने – कोइराला

२७ चैत, मोरङ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै  मधेसलाई हेर्ने दृष्टिकोण परिवर्तन नभए अप्ठ्यारो हुने बताए ।

मधेस समस्या समाधान नगरी उत्तर–दक्षिण वा सात समुद्रपारिको मुख ताक्ने कामको अन्त्य हुनुपर्ने धारणा राख्दै  कोइरालाले वार्ताबाहेक अर्को उपाय नभएको बताए । साथै उनले सरकारले प्रतिपक्षीलाई समेत विश्वासमा लिएर अघि बढ्नु पर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत