ललितपुरमा भुकम्पले ५ घाइते – प्रहरी नायव उपरीक्षक थापा

२७ चैत, काठमाडौं । शनिबार साँझ ७ बजेर ५ मिनेट जाँदा भैंसीपाटी केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक किसन सिंह थापाअनुसार भूकम्पपछि भाग्दा ललितपुरमा ५ जना घाइते भएका छन् ।

प्रवक्ता थापाले घाइते हुनेमा ललितपुर ८ कि ४० वर्षे संगीता वैद्य, बज्रबाराही ११ का ४० वर्षे श्रवण बस्नेत, ललितपुर मंगलबजारका २७ वर्षे रत्नदेवी शाक्य र विकेश शाक्य र खोकनाका ३५ वर्षे देखासन डंगोल रहेको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत