डिग्री पास गर्नेले १० लाख पाउने !

२९ चैत, काठमाडौं । एमालेको भातृ संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाको नेतृत्वको टोलीले सोमबार अर्थमन्त्री बिष्णु पौडेलसँग भेट गरी स्नाकोत्तर तह उत्तिर्ण गरेकालाई शैक्षिक प्रमाणपत्र धितो राखेर १० लाख रुपैयाँ ऋण सुविधा प्रदान गर्र्न सरकारसँग माग गरेको छ ।

अनेरास्ववियुले नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउन माग गर्दै स्नाकोत्तर तह उत्तिर्ण गरेकालाई १० लाख, स्नातक तह उत्तिर्ण गरेकालाई ७ लाख र उच्च माध्यामिक तह उत्तिर्ण गरेकालाई ५ लाख ऋण सुविधा उपलब्ध गराउन प्रस्ताव गरेको छ ।

अनेरास्ववियुकी अध्यक्ष लामाको नेतृत्वको टोलीले  अर्थमन्त्री पौडेलसँगको भेटमा आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा कुल बजेटको २५ प्रतिशत रकम छुट्याउन माग गरेका छन् ।

जवाफमा अर्थमन्त्री विष्णु पौडेलले अनेरास्ववियुले पेश गरेका माग जायज भए पनि सम्बोधन हुन्छ भनेर आस्वस्थ पार्न नसक्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत