दाङको देउखुरीमा भीषण आगलागी, हावा-हुरीका कारण आगो नियन्त्रण बाहिर

२९ चैत, दाङ । देउखुरीको गंगापरस्पुर गाविसको वडा नं. ८ र वडा नं. ६ खज्रौटा गाउँमा भीषण आगलागी भएको छ । स्थानीयले दिएको जानकारी अनुसार दुई वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी सहित स्थानीय बासिन्दाले आगो नियन्त्रण लिने प्रयास जारी राखेका छन् ।

स्थानीयका अनुसार साँढे ४ बजेतिर एक गोठमा लागेको आगोले वाकीको चौधरी वस्ती र खज्रौटाको यादव वस्ती पूर्णरुपमा जलेको छ । हावा-हुरीका कारण आगो नियन्त्रणमा आइसकेको छैन् । घटना स्थलमा दाङका प्रमुख जिल्ला अधिकारी, निमित्त प्रहरी प्रमुख लगायतको टोली घटनास्थलमा पुगेका छन् । साथै, आगलागीबाट ५७ जना व्यक्तिको घर गोठ जलेको प्रारम्भिक अनुमान छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत