मलामी गएका सांसद् थापालाई एक युवकले थप्पड हाने

२९ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष तथा राप्रपा नेपालका सांसद् गणेश थापालाई एक युवकले थप्पड हानेका छन् ।

सोमबार पशुपति आर्यघाटमा मलामी गएका थापालाई ललितपुरका ३३ वर्षीय मधुसुदन महतले झापड हानेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी प्रधुन्न कार्कीले पुष्टि गर्दै झापड हान्नेपछि युवकलाई गौशाला प्रहरी वृतमा राखिएको बताए ।

एसपी कार्कीका अनुसार थापाले सम्झाउन खोज्दा उल्टै थप्पड हानेको रहेछ । अहिलेसम्म झापड हान्नुको कारण खुल्न सकेको छैन् । तर, अनुसन्धान हुँदैछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत