विदेशीसहित १ सय ३३ जना सहायक सेनानी बने

२९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको अधिकृत क्याडेट आधार तालिम पुरा गरेका प्रथम हुने अधिकृतलाई पुरस्कार प्रदान गरेका छन् । यस तालिममा ३ जना विदेशीसहित १ सय ३३ जना क्याडेट अधिृकत एक साथ सहायक सेनानी बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित विषेश समारोहमा तालिममा प्रथम हुने पुरुष तर्फका अधिकृत क्याडेट नरबहादुर नाम्जाली र महिला तर्फकी श्रुती कुवँरलाई पुरस्कार प्रदान गरेका हुन् । विदेशी सेनाबाट सहभागी मध्ये नाजेरियाका सेना उत्कृष्ट भएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत