गुरुङ्गले …छोरो जन्मउँदा, पूर्वराष्ट्रपति यादव र पूर्वप्रधानमन्त्री भट्टराईको जुहारी

dr yadav-dr bhattarai-chatraman

३० चैत्र, काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले आइतबार पूर्वप्रधानसेनापति छत्रमान सिंह गुरुङको ‘जनताको छोरो’ पुस्तक विमोचन गरे । उक्त कार्यक्रममा डा. यादवले संविधानसभा भङ्ग नगर्नु भन्ने आफ्नो सुझावलाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नमानेको बताएका थिए ।

पूर्वराष्ट्रपति यादवको उक्त भनाई सार्वजनिक भए सँगै नयाँ शक्ति नेपालको संयोजक समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. यादवलाई सामाजिक सञ्जालमार्फत् जवाफ दिएका छन् :

पूर्वराष्ट्रपति यादवको क्रियाप्रति पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रतिक्रिया :

एक सार्वजनिक कार्यक्रममा पूर्व राष्ट्रपति श्री रामवरण यादवले ‘बाबुराम भट्टराईजीलाई संविधानसभा भंग नगर्नु भनेको थिएँ, भंग गरिदिए’ भनी भन्नुभएको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

सर्वप्रथम राज्यको जिम्मेवार र संवेदनशील निकायमा रहेका वा रहिसकेका व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिँदा पालना गर्नुपर्ने निश्चित मापदण्ड वा आचारसंहिताबारे ध्यानदिनु उपयुक्त होला ।

दोश्रो र सबभन्दा महत्वपूर्ण कुरा, संविधानसभा विघटन गर्ने कुनै प्रावधान नै अन्तरिम संविधानमा नभएकाले प्रमको हैसियतले मैले त्यस्तो असंवैधानिक कुरा गर्ने प्रश्नै उठ्दैन । बरू मैले २०६९ जेठ ९ गते मन्त्रिपरिषद् वैठकबाट संसदको कार्यकाल ३ महिना थप्ने प्रस्ताव संसदमा दर्ता गराउँदा त्यसविरूद्ध जेठ ११ गते अन्तरिम आदेश दिंदै सर्वोच्च अदालतले संसदको कार्यकाल २०६९ जेठ १५ गतेसम्म सीमित गरिदिएको हो ! त्यही आदेश बमोजिम जेठ १५ गते मध्यरातमा संसदको स्वत: अवसान भएको हो । मैले तसंवैधानिक संकट आउन नदिन र लोकतन्त्रलाई जीवित राख्न संसदको अर्काे निर्वाचनको विधिवत् घोषणा मात्र गरोको हुँ !

यो ऐतिहासिक तथ्यप्रति सबैको ध्यान पुगोस !

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत