पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास आज

१ वैशाख, कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज शिलान्यास गर्दैछन् ।
तस्बिर: पिस पोखारा

तस्बिर: पिस पोखरा

विमानस्थल निर्माणका लागि चीनसँग ऋण सम्झौता भएपछि निर्माण कार्य सुरु गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास समारोहमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला, मन्त्रीहरु कमल थापा, विजय गच्छेदार, आनन्दप्रसाद पोखरेल, विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ सिएएमसी इन्जिनियरिङ कम्पनीका अध्यक्ष साथै पोखरेली जनता सहभागि हुनेछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको २१ अर्ब ऋण सहयोगमा बनाउन लागिएको हो । यो ऋणको २५ प्रतिशत रकम नेपालले अनुदान स्वरुप पाउने छ । अनुदान वाहेकको रकमको नेपालले वाषिर्क २ प्रतिशत ब्याज तिर्नुपर्छ ।

यो विमानस्थल आगामी ४ वर्षमा निर्माण गरिसक्ने र ५ वर्षभित्र पूर्णरुपमा सञ्चालनमा ल्याइसक्ने महत्वाकांक्षी योजना रहेको छ ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत