…भन्नुस् भारतलाई कहाँसम्म दिनुभयो ? बर्दिबाससम्म दिने भए म सिन्धुलीतिर सरौंला – मातृका यादव

हिसिलाले मधेसलाई किन बजेट पार्न पर्यो, भारतले दिइहाल्छ नि ! भनेपछि …

Matria- hisila

 १ बैशाख, काठमाडौं । शान्तिप्रकिया सुरुवात भए लगत्तै तत्कालिन विद्रोही माओवादी पनि गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा सहभागी भएको थियो । त्यतिबेला माओवादीबाट वन मन्त्री बनेका थिए, नेता मातृका यादव ।

कार्यालयमा सिडिओ ढिलो आएको र काममा ढिला सुस्ती गरेको भन्दै पाईखानामा थुन्नेदेखि मध्यरात आफैँ रक्तचन्दन पक्राउ गर्न खटिने मातृका यादवले एक इमान्दार मन्त्रीको छवि बनाएका थिए ।

सरकारको काम कारवाही चित्त बुझ्दो नभएको भन्दै मातृका यादव र तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बिच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको समाचार प्रकाशित भएको थियो ।

त्यस्तै एक दिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बजेट ल्याउने बारे छलफल गर्न मन्त्रीहरुलाई पनि बोलाएको थियो । मातृका यादवले त्यतिवेला प्रधानमन्त्री गिरिजा प्रसादलाई मधेसको बजेट बारे सोध्दा गिरिजा प्रसादले उत्तर दिन नपाउँदै तत्कालिन माओवादी नेत्री हिसिला यमीले नै हत्त न पत्त मधेसलाई त इण्डियाले बनाई दिइहाल्छ नि ! सरकारले किन गर्न पर्यो भनेकी थिईन ।

मातृका यादवले भने, “मैले त्यतिवेला गिरिजाबाबुलाई मधेसलाई कति बजेट छुट्टयाउनु भएको छ भनेर सोधेको थिएँ । हत्त न पत्त हिसिला यमीले “इण्डियाले बनाईदिन्छ इण्डियाले ” भनिन् ।

त्यसपछि मैले प्रधानमन्त्रीलाई “गिरिजाबाबु भन्नुस् भारतलाई कहाँसम्म दिनुभयो ? बर्दिबाससम्म दिने भए म सिन्धुलीतिर सरौंला ” भनेको थिएँ ।” नेपालको राष्ट्रियतामा हस्तक्षेप हुँदा मधेसी नेताहरु साक्षीको किनारा मात्रै हुँदै आएका छन् ।

असमान सन्धि गर्ने त पहाडिया मूलकै हुन् । भारतले फाइदा लिन्छ, शासकले कमिशन खान्छ, डुब्ने, लुटिने त सधै मधेसी भएका छन् ।

तपाई आफैँ हेर्नुस् माधव नेपाल पनि मधेसी नै हो उनी मधेसमै हुर्किएका हुन् बोलीको लवज पनि मधेसीकै छ तर उनी भारतीय मूलका हुन् ।

धेरै भन्दा धेरै राष्ट्रघात त पहाडी मूलकाले नै गरेका छन् । नेपालमा राष्ट्रघातीहरु पनि छन् राष्ट्रवादीहरु पनि छन् ।

तर नेपालका सबै भेगका उत्पीडित जनताहरु मिलेर दलाल शासकहरु विरुद्द लड्नुपर्छ ।

मातृका यादव भन्छन्, “शासकहरु देश बेच्छन् अनि तराई मधेसका जनताले बर्षौदेखि त्यसको रक्षा गरिरहेको छ । तिनै शासकहरुले तराई मधेसका जनतालाई दिन दाहाडै गोली ठोकेर मार्छ । यो धेरै अन्यायपूर्ण छ ।” नेपाल सन्देशमा खबर छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत