हिन्दु स्वयंसेवकको संस्कृति रक्षा दौडमा पूर्व प्रधानसेनापति कटवाल !

१ वैशाख, भैरहवा । नयाँ वर्ष २०७३ को अवसरमा हिन्दु स्वयंसेवक संघ भैरहवा विभागले आयोजना गरेको संस्कृति रक्षा दौड प्रतियोगितामा सहभागी हुन उनी भैरहवा आएका नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मांगत कटवालले नेपाली संस्कृतिमा चौतर्फी हमला भइरहेको बताए ।

कटवालले परम्परागत संस्कृतिमा अज्ञानता, गरिबी लगायतका कारण चौतर्फी हमला भइरहेको बताउँदै भाषा धर्म, जाति, समूह छाडेर  सबै नेपाली एक भएर यसको सामना गर्नु पर्ने बताए । उनले पहिले नेपाली भएपछि मात्र हिमाली, पहाडी र तराईबासी हुने बताए ।

कटवालले संस्कृति रक्षा दौडमा पहिलो हुने इन्द्र थापा, दोस्रो भएका अजय कुर्मी, तेस्रो भएका सत्येन्द्र यादवलाई जनही क्रमश : नगद ११ हजार रुपैयाँ, ७ हजार रुपैयाँ, ५ हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित पुरस्कृत गरे । यसैगरी मोहमद रफी र जित बहादुरले सान्त्वना स्थान हासिल गरी  नगद ११ सय सहित प्रमाण-पत्र हात पारे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत