आज चैते दशै शक्तिपीठहरुमा पूजा अर्चना

२ वैशाख, काठमाडौं । चैत शुक्ल अष्टमीका दिन आज घरघरमा तथा देवीका मन्दिरमा देवी भागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरी चैते दशैं मनाईंदै छ ।

असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुई पटक दशै मनाउने गर्दछन् । असोज–कार्तिकमा मनाईंने दशैंलाई बडादशै र चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैंको रुपमा मनाइन्छ ।

यस दिनमा काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गोरखाको मनकामना, गोरखकाली, लगायत देशभरका शक्तिपीठहरुमा पूजा अर्चना गरिन्छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत