बेपत्ता छानबिन आयोगले पीडितको उजुरी सङ्कलन गर्ने

२ वैशाख, काठमाडौं । बेपत्ता छानबिन आयोगले देशभरका शान्ति समितिमार्फत पीडितले दिएको उजुरी सङ्कलन गर्न लागेको छ ।

आज बिहीबारदेखि पीडितहरुबाट आयोगले ६० दिनको समय सीमा तोकेर उजुरी सङ्कलन गर्न लागको वेपत्ता पारिएका व्यक्तिको छानिबिन आयोगका प्रवक्ता प्रा.डा. विष्णु पाठकले बताएका छन् ।

पाठकका अनुसार उजुरी प्राप्त भएपछि आयोगको टोली उजुरी दिने पीडितको घर दैलोमा पुगेर थप अध्ययन गर्नेछ । सत्य निरुपण तथा मेलमिलाप आयोगले मारिएका, घाइते पारिएका, अपहरण गरिएका मानवअधिकारका गम्भीर उल्लङ्घनका घटनाहरु हेर्ने, सूची बनाउने र उजुरी लिने, अनुसन्धान गर्ने र घटनाको सत्य तथ्य पत्ता लगाई स्थिति सार्वजनिक गर्नेछ । साथै, दोषी देखिएकालाई कारवाहीको सिफारिस र पीडितलाई परिपुरण तथा पीडित परिवारलाई उपचारको सिफारिस पनि आयेगले गर्न सक्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत