म सांसद हुँ, सांसदलाई सडकमा रोक्ने तँ को होस् ? – रश्मी ठाकुर

 २ वैशाख, काठमाडौं ।  नीलो बा ६५ प ९९१४ नम्बरको पल्सर बाइकका चालक ‘हामी को हो चिनिनस् ?’ भन्दै माइतीघरमा ट्राफिक प्रहरी जवान लक्ष्मी लामामाथि खनिदै जागिर समेत खाइदिउँला भनेर आक्रामक बनिन् ।

चालक रोकिएका मात्रै के थिए, सोही मोटरसाइकलको पछाडि रहेकी महिला ट्राफिक प्रहरीलाई गाली गर्न तम्सिइन्,‘ म सांसद हुँ, सांसदलाई सडकमा रोक्ने तँ को होस् ?’ मोटरसाइकलको पछाडि रहेकी महिलाले ट्राफिकको विरोध गर्दै तत्काल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्याललाई फोन गरिन् ।

त्यसपछि महानिरीक्षक अर्यालले ट्राफिक महाशाखाबाट यसबारे जानकारी लिएका थिए । त्यसबेला अपराहृन तीन बजिसकेको थियो । महाशाखाले लेन मिचेको अभियोगमा कागजात नियन्त्रणमा लिएको स्पष्ट पारेपछि अर्यालले ‘ल ठीकै छ’भन्दै कारबाही अघि बढाउन संकेत गरे ।

लेन मिच्ने चालकको लाइसेन्स हेर्दा मात्र थाहा भयो, ट्राफिक प्रहरीमाथि जाइलाग्ने सैनिक अस्पतालमा कार्यरत डाक्टर सुजितकुमार ठाकुर र नेपाली कांग्रेसकी सांसद रश्मी ठाकुर रहेछन् । उनीहरु नाताले श्रीमान–श्रीमती रहेको खुलेको छ ।

ट्राफिक प्रहरी हवल्दार शान्ति थापाले लेन अनुशासन उल्लघंन अभियोगमा २०० रुपैयाँ जरिवान हुने गरी पूर्जी काटेर सवारी चालक अनुमतिपत्र आफूसँग राखिन् । दैनिक नेपालमा खबर छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत