साउदीका कार्यवाहक राजदूत शर्मालाई कार्यकक्षमा नै छुरा प्रहार

२ वैशाख, साउदी । साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई रियादस्थित नेपाली राजदूतावासको कार्यकक्षमा नै छुरा प्रहार भएको छ ।

स्रोतकाअनुसार केही महिनादेखि दूतावासको सेल्टरमा रहेका नेपालीले नै छुरा प्रहार गरेपछि कार्यवाहक राजदूत शर्माको किङ् फइसल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

छुरा हान्ने सुनसरीका लक्षमण बहादुर राईलाई साउदी प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने शर्माको अवस्था खतरा मुक्त रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत