इन्धनको सहज आपूर्ति गराउन सुरक्षा निकायको ध्यान जानु पर्ने !

३ वैशाख, काठमाडौं । भृकुटीमण्डपस्थित पुलिस क्लवमा उपत्यका विशेष सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले इन्धनको सहज आपूर्ति गराउने तर्फ सुरक्षा निकायको ध्यान जानु पर्ने बताए ।

मन्त्री बस्नेतले नाकाबन्दी हटेको धेरै भइसकेकाले ग्यास र तेलको लाइनमा बस्ने अवस्था अन्त्य हुनुपर्ने बताउँदै संविधान बनेपछि देशमा सुरक्षा चुनौती थपिएको बताए । साथै, उनले अहिले देशमा संविधान कार्यान्वयन गराउने र नगराउनेबीच धु्रवीकरण भइरहेको अवस्थामा सुरक्षा चुनौति रहेको पनि बताए ।

मन्त्री बस्नेतले अहिलेको अवस्थामा सशस्त्र र नेपाल प्रहरीबीच देखिएको असमझदारीलाई लक्षित गर्दैसुरक्षा संगठनबीचको समन्वयले मात्रै सुरक्षा व्यवस्था बलियो हुनसक्ने बताए ।

एकदिने गोष्ठीमा उपत्यकाका सुरक्षा प्रमुखहरुले पछिल्लो सुरक्षा अवस्था र चुनौतिका विषयमा धारणा राख्नेछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत