मेरा लागि कक्षा ८ पास गर्नु मन्त्री बन्नुभन्दा ठूलो सफलता – चौधरी

३ वैशाख, काठमाडौं ।

वेब तस्बिर

वेब तस्बिर

हाल धरानमा रहेकी दाङको उच्च मावि डाँडा गाउँ कक्षा ८ मा अध्ययनरत एमालेकी पूर्व सभासद समेत भइसकेका शान्ता चौधरी जिल्लास्तरीय परीक्षामा प्रथम श्रेणीमा उत्तिर्ण भएकी छन् ।

फेसबुकमा चौधरीले लेखेकी छिन्, ‘धेरैलाई हासाे लाग्दाे हाे तर मलाई जीवनकै सर्वाेच्च उपलब्धी लागेकाे छ- मैले कक्षा अाठ पास गरे‌। जिल्ला स्तरीय परीक्षा थियाे। घर व्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकाे थिइन। अाफूलाई फेल हुन्छु भन्ने कत्राे चिन्ता थियाे तर पास भएछु। पास मात्र हाेइन फस्ट डिभिजन अाएछु।’

शान्ता चौधरीको फेसबुकबाट ।

शान्ता चौधरीको फेसबुक

चौधरीले जिल्लास्तरीय परिक्षामा पास हुनुलाई मन्त्री हुनुभन्दा ठूलो उपलब्धि भन्दै लेख्छिन्- ‘मानिसहरु मन्त्री बन्नु ठूलो सफलता र खुशीको कुरा हो भन्छन्, तर  ८ कक्षा पास गर्नु मेरा लागि मन्त्री बन्नुभन्दा ठूलो सफलता हो ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत