अब फेरि नयाँ शक्ति भन्दै देशलाई हाईटी बनाउने सोच छ ?

स्वीजरल्याण्ड बनाउछु भन्दै लाखौं युवाको भविष्य वर्वाद पा¥यौ अब फेरि नयाँ शक्ति भन्दै देशलाई हाईटी बनाउने सोच छ ? – सगरमाथाकी छोरी

sagarmatha ki chjhori

४ वैशाख, काठमाडौं । हिजो नयाँ नेपाल बनाउछु भन्दै सोझा, निमुखा, गरिब, अशिक्षित र बेरोजगारी युवालाई बन्दुक बोकाएर परिवर्तनको नाममा १७ हजार नेपालीलाई मार्ने, कैयौं चेलीको सिँउदो रित्याउने, हजारौं बालबालिकालाई टुहरो बनाउने, लाखौं युवाको भबिस्यमाथि जुवा खेल्ने, पण्डितहरुको टुपि काट्ने, जनाई जुडाल्ने बाबुराम ! अाजकल शहरदेखि गाउँसम्म विकास, सम्वृद्दि, समावेशी लोकतन्त्र, समुन्नत समाजवाद र सुशासनको मन्त्र जप्दै नयाँ शक्ति भन्दै जनतालाई मूर्ख बनाउने प्रपञ्च रच्दै छ। खबदार बाबुराम ! तिम्रा पद र पैसाका लागि रचिएको अान्दोलन कदापि सफल हुदैन ।

अध्यक्ष बन्ने दाउमा पार्टी फोड्ने, भारतीयको ईसारामा देशमा अान्दोलन गर्ने, अाफ्ना दाजुभाइ बिच जातियताको बीउ रोपेर अागो ताप्ने, तिमीलाई त लाज लाग्नु पर्ने हो,  जनताका छोराछोरीलाई “नयाँ शक्ति” भन्दै अाफ्नी छोरीलाई विदेशमा PHD गर्न पठाएका छौ । प्रधानमन्त्री जस्तो राष्ट्रको गरिमामय पदमा बस्दा समेत सिङ्को भाच्न नसक्ने `नयाँ शक्ति ´ भन्दै बोल्न लाज लाग्दैन् ! अाफ्नो घरमा अागो लगाएर छिमेकीलाई सेकाउने ? अाफ्नै नेतृत्वमा संविधान जारी गर्ने र बाहिर अाएर संविधान च्यात्नु पर्छ भन्ने ?

बाबुराम, तिमी त पुरानै बोतलमा नयाँ रक्सी सावित भयौं । जनयुद्ध लड्दा स्वीजरल्याण्ड बनाउछु भन्दै लाखौं युवाको भविष्य वर्वाद पा¥यौ अब फेरि नयाँ शक्ति भन्दै देशलाई हाईटी बनाउने सोच छ ? एनपीएल न्युजमा ‘सगरमाथाकी छोरी’ले लेखेकी छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत