नागरिकता लिने र दिनेलाई कारवाहीको दायरामा ल्याउनु पर्छ – साह

४ वैशाख, काठमाडौं । केही समय अघि मधेशी नागरिक समाजका एक अभियन्ता तुलानारायण साहले मधेशमा ‘नागरिकता’ छानबिन हुनुपर्ने स्वरहरु चर्किदै गर्दा नागरिकता दिन सिफारिस गर्ने र वितरण गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्ने भनी ट्वीट गरेका थिए ।

साहले ट्वीट गर्दै भनेका थिए- ‘गैरनेपालीलाई नागरिकताको सिफारिस गर्ने सिडियो’साबहरु, वितरण गर्ने कर्मचारीहरुलाई पनि कारवाहीको दायरामा ल्याउने हिम्मत गरे पो असली राष्ट्रवादी !’

साहको ट्वीटलाई पछ्याउँदै कमेन्ट गर्नेहरु पनि छन् । उनको ट्वीटलाई रणधिरले ‘यो नेपाली मूल भित्र को को पर्छन् ? मधेसी पर्छन् की नाई ?’ भनी प्रश्न गरेका छन् ।

यसैगरी आशिष गौतमले ‘अलि कडा कानुन बनाउँ भन्दा रोटी बेटी भन्दै उफ्रिन्छन् अनि क्यार्ने त ! १० जनालाइई साक्षी राखेर नागरिकता दिने रे !’ भनी दुईतर्फी कटाक्ष गरेका छन् । यस्तै पिपलपाते हर्टले नागरिकता लिने र दिने दुबै राष्ट्रघाती हुन् भनी टिप्पणी गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत