प्रधानमन्त्रीको चुनावमा मतदान गर्ने, संविधान पनि जलाउने, मधेसी मोर्चाको दोधारे नीति – विजय गच्छदार

५ बैशाख, काठमाडौं ।
Vijaya-Gachhadarशनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजय गच्छदारले मधेसी मोर्चाका अधिकांश माग पूरा भइसकेको दाबी गर्दै संविधान पनि मान्ने, प्रधानमन्त्रीको चुनावमा  मतदान गर्ने,  संविधान पनि जलाउने,  मधेसी मोर्चाको दोधारे नीति भएको बताए ।
गच्छदारले मधेसी मोर्चा र अन्य सन्तुष्ट पक्षका मागलाई संविधान संशोधनभन्दा अर्को बिकल्पबाट समाधान गर्न नसकिने बताए । मोर्चाको आन्दोलनबारे सञ्चारकर्मीको एक प्रश्नमा गच्छदारले ‘मधेसी मोर्चाले गरिरहेको आन्दोलन कसको कुन शक्ति र ताकतबाट भइरहेको छ’ आन्दोलनमा रहेका मधेशी मोर्चाका नेताहरुलाई नै सोध्न आग्रह गरे ।
उनले मधेस आन्दोलनमा निधन भएका व्यक्तिका सबै परिवारले सरकारले दिएको दश लाख रुपियाँ पाइसकेको बताउँदै घाइतेले उपचार खर्च नपाएका हुन् भने त्यसलाई पूरा गराउन लाग्ने बताए ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत