शासकले मधेसी जनताको भावना बुझेन् : मधेशीको आन्दोलन नेपाली हुनका लागि – सीके लाल

४ वैशाख, काठमाडौं । राजनीतिक विश्लेषक सीके लालले शुक्रबार सदभावना पार्टीको २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मधेसी मोर्चाले काठमाडौं केन्द्रीत गर्न लागेको आन्दोलनबाट कुनै उपलब्धि नहुने बताउँदै नेपाली शासकले मधेसी जनताको भावना अहिलेसम्म बुझ्न नसकेको र मधेशीले नेपाली हुनका लागि आन्दोलन गरिरहेको बताए।

विश्लेषक लालले मधेसी मोर्चाका नेताहरु पनि स्वार्थी भएको आरोप लगाउँदै काठमाडौं केन्द्रीत आन्दोलनले सरकार मात्र परिर्वतन हुने बताउँदै संस्कृति बदल्न, मधेसीलाई राष्ट्रको परिभाषामा बदल्न संघर्ष गाउँघर बाटै हुनु पर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत