चार करोड हिनामिनाको आरोपमा गरिबी निवारण कोषका ३६ अधिकारीविरुद्ध भ्रष्टाचार मुद्धा

५ वैशाख, काठमाडौं । अख्तियारले  चार करोड ३४ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आइतबार गरिबी निवारण कोषका ३६ अधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारको अनुसार कोषका कार्य प्रवन्धक, लेखा अधिकृत, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख तथा कार्यकारी निर्देशकको मिलेमतोमा फर्जी बिल बनाएर भ्रष्टाचार गरेको छ । उनीहरूले भ्रमणका नाममा खर्च भएको भनी झुठा विल भरपाई पेश गरी पेश्की फछर्यौट गर्ने गरेकाे अख्तियारले जनाएको छ ।

कोषमा भ्रमण भत्ताको नाममा आर्थिक ०६६/०६७ मा ९६ लाख २५ हजार , ०६७/०६८ मा  १ करोड ८४ लाख ४२ हजार र आर्थिक वर्ष ०६८/०६९ मा १ करोड ५४ लाख १९ हजार  भ्रष्टाचार भएको भन्दै विशेषमा मुद्दा परेको हो ।

साभार : अनलाइखबर

साभार : अनलाइखबर

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत