‘सानालाई ऐन, ठूलालाई चैन’ कहिलेसम्म ?

५ बैशाख, काठमाडौं ।  संविधान सभा–२ बहिस्कार गर्नेहरुले त नयाँ संविधानको विरोध गरे, ठीकै छ तर जुन  संविधानअनुसार सपथ खाएर सहायक मन्त्री बने उसलाई संविधानविपरीत हर्कत गर्न छुट छ ?
राज्यको गरिमामय पदमा हुनेहरुले कानुनको धज्जी उडाएको कैयन उदाहरणहरु भए पनि पछिल्लो पटक हिजो शनिबार राप्रपा नेपालबाट संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री बनेका विराज विष्टले नारायणहिटी दरबार सङ्ग्राहलय अगाडि असंवैधानिक हर्कत देखाए । जो देशको मन्त्री पदमा बहाल रहेकै अवस्थामा संविधान विपरीत गतिविधि गरिरहेको छ । तर पनि जिम्मेवार निकायहरु मौन छ ।  यसलाई “सानालाई ऐन ठूलालाई चैन” नभनेर के भन्ने ?
गणतन्त्र नेपालको नयाँ संविधानअनुसार सपथ खाएर सहायक मन्त्री पदमा बहाल रहेका विष्टले ‘नारायणहिटी दरबार सङ्ग्राहलय’को मूल गेट अगाडि झाडू बोकेर नेपालमा राजतन्त्र आवश्यक रहेको बताउँदै प्रत्येक नेपालीको मन र मष्तिस्कमा राजसंस्था रहेको र राजसंस्था बिनाको राज्यको कल्पना गर्न नसकिने बताए । उनले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा अविचलित भई अघि बढ्ने समेत बताए ।
शाही युवा शक्ति, नेपालले नारायणहिटी सङ्ग्राहलय परिसरमा आयोजना गरेको सरसफाई कार्यक्रममा सहभागीहरुले गणतन्त्र असफल भइसकेको दाबी गर्दै ‘राजा आउ देश बचाउ’ भन्ने नारा लगाएका थिए भने मन्त्री विष्टले युवाहरुलाई हौसाएका थिए ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत