अवकास पाएर घर बसेको डेढ वर्षपछि एआईजीको फुली !

७ बैशाख, काठमाडौं ।

AIG from DIGअवकास पाएर घर बसेका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकले डेढ वर्षपछि मंगलबार बढुवाको फुली लगाएका छन् ।

फुली लगाउनेमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु यादव अधिकारी, पर्शुराम खत्री, विश्वराज सिंह शाही र सुशीलबरसिंह थापा रहेका छन् । उनीहरुलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दज्र्यानी चिन्ह प्रदान गरे ।

सर्वाेच्च अदालतले बढुवा गर्न आदेश दिए पनि सरकारले निर्णय नगर्दा ४ जनाले अवकास पाएका थिए । तर, मन्त्रिपरिषद्ले २०७२ चैत २६ गते अवकास पाएर घर बसेका चारै जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेपछि २०७१ साल साउन २९ गतेदेखि लागू हुने गरी डीआईजीबाट एआईजीमा बढुवा भएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत